INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई जेठ २१ गते बलात्कार गरेको आरोपमा प्रहरीले महाकाली नगरपालिका–७ धापका २५ वर्षीय कपिलराम कोलीलाई जेठ २९ गते गिरफ्तार गरेको छ ।

पीडित पक्षले जेठ २१ गते घटनाका बारेमा प्रहरी चौकी, धापमा जानकारी गराएको भएपनि आरोपित फरार रहेको खोजी गर्ने क्रममा घरमै लुकेर बसेको अवस्थामा जेठ २९ गते राती गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, दार्चुलाका इन्स्पेक्टर नरेन्द्रबहादुर चन्दले बताउनु भयो ।

आरोपितबिरुद्ध जबरजस्तीकरणी उद्योग अन्तर्गत जेठ ३० गते जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको र पीडितको स्वास्थ्य परीक्षण जेठ ३० गते जिल्ला अस्पताल, दार्चुलामा गरिएको इन्स्पेक्टर चन्दले बताउनु भयो ।

अन्य

भिडियो