बालुवाटारमा प्रदर्शनमा उत्रिएका ‘बृहत् नागरिक आन्दोलन’का १८ जनालाई प्रहरीले गिरफ्तार गरेको छ ।
बालुवाटार अगाडि प्रदर्शनका क्रममा प्रहरीले साहित्यकार एवम् अभियन्ता खगेन्द्र सङ्ग्रौला, नारायण वाग्ले, युग पाठक, सञ्जीव उप्रेती, अर्चना थापा, सरिता परियार, रिता परियार, प्रणेता, भास्कर गौतम, अनुभव अजित, युवराज घिमिरे, सङ्गीत, भावना रावत, निर्घ नवीन, शशिविक्रम कार्की, सौरभ कार्की, सौरभ न्यौपाने र अन्जान बाबुलाई गिरफ्तार गरेको हो ।
सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनको तयारी गरिरहेकै बेला आफूसहित १८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको नागरिक अगुवा नारायण वाग्लेले जानकारी दिनुभयो ।
नागरिक आन्दोलनले सत्तानिकट व्यक्तिको मेडिकल कलेजलाई सम्बन्धन दिने सरकारको तयारीविरुद्ध प्रदर्शनका क्रममा उनीहरूलाई प्रहरीले गिरफ्तार गरेको हो ।
हाल उनीहरूलाई महानगरीय प्रहरी वृत्त कमलपोखरीमा राखिएको छ । प्रहरी वृत्त कमलपोखरीका डिएसपी खुमलाल भुसालले निषेध आदेशको समयमा प्रदर्शनमा उत्रिएपछि आफूहरूले नियन्त्रणमा लिएको बताउनुभयो ।