INSEC Online

📅 २०८३ श्रावण १

बलात्कार घटनाका आरोपितविरूद्ध प्रहरीमा उजुरी

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले भोक्राहा नरसिंह गाउँपालिका–२ आकाहाका २० वर्षीय अब्दुल मन्सुरीविरूद्ध जिल्ला प्रहरी कार्यालयमा जेठ २४ गते उजुरी दिएको छ ।

पीडित महिलालाई आरोपितले जेठ २० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध प्रहरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भएको छ ।

पीडित पक्षको उजुरी लगत्तै फरार भएका आरोपितको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा जेठ २४ गते गरिएको छ ।

अन्य

भिडियो