गरुडा नपा–२ गेडहीगुठीका १९ वर्षीय सुजितकुमार सहनीको विवाहमा डिजे बाजा बजाएको खबर पाएर इलाका प्रहरी कार्यालय गरुडाको डिएसपीसहित २५ जनाको टोलीले डिजे बन्द गराउने क्रममा जेठ २३ गते बिहान स्थानीय र प्रहरीबिच भएको झडपमा परेर सात जना प्रहरी घाइते भएका छन् ।
४–५ सय जनाको सङ्ख्यामा रहेका स्थानीय र प्रहरीबिच झडप हुँदा स्थानीयले ढुङ्गामुढा गर्दा डिएसपी द्वारिकाप्रसाद घिमिरे, इन्स्पेक्टर राजा केसरी, सई अक्षयप्रसाद साह, प्रहरी जवानहरू अर्जुनकुमार मण्डल, विनयकुमार वर्णवाल, राधेश्यामप्रसाद यादव र सञ्जयप्रसाद यादव घाइते हुनु भएको हो ।
घाइते प्रहरीहरूको उपचार स्थानीय झाजपुलस्थित गे्रण्डि अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालयका एसपी सिद्धिबिक्रम शाहीले बताउनु भयो । घटनामा संलग्न दोषीलाई कारवाही हुने एसपी शाहीले जानकारी दिनु भयो ।