INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२५ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले बुढीगङ्गा गाउँपालिकामा–२ का २४ वर्षीय सरोजकुमार साहलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २० गते यौन दुर्व्यवहार गरेको भन्दै पीडितले जेठ २१ गते जिल्ला प्रहरी कार्यालय मोरङमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मानबहादुर राईले मोरङ प्रतिनिधिलाई जानकारी दिनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण जेठ २१ गते कोशी अस्पताल विराटनगरमा गरिएको छ ।

 

 

अन्य

भिडियो