INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

अपाङ्गता भएकी नौ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले इटहरी उपमहानगरपालिका–३ का गाइने भनिने ६७ वर्षीय भागिराज दमाईलाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ १८ गते बलात्कर गरेको भन्दै पीडित पक्षले प्रहरीमा उजुरी दिएपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय इटहरीका इन्स्पेक्टर केशवकुमार कट्वालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १९ गते इटहरी अस्पतालमा गरिएको छ ।

त्यसैगरी मनोसामाजिक अपाङता भएकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धरान उपमहानगरपालिका–११ आँपगाछी चोकका ५२ वर्षीय बले भनिने बलबहादुर थापालाई जेठ १९ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ १७ गते बलात्कार गरेको भन्दै प्रहरीमा उजुरी परेपछि अनुसन्धानका लागि आरोपितलाई गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

पीडित महिलाको स्वास्थ्य परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा जेठ १८ गते गरिएको छ ।

अन्य

भिडियो