आठ वर्षीया बालिकालाई जेठ १६ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले जेठ १८ गते थाहा नगरपालिका–८ का २६ वर्षीय राजु बलामीलाई गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई आरोपितले ‘मोबाइलमा फिल्म देखाउँछु’ भनी यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले जेठ १७ गते दिएको उजुरीका आधारमा इलाका प्रहरी कार्यालय पालुङको टोलीले आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी जयश्वर रिमालले बताउनुभयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १७ गते प्राथमिक स्वास्थ्य केन्द्र पालुङमा गरिएको छ ।