१२ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा तुलसीपुर नपा-६ का २५ वर्षीय सोनु विकलाई जिल्ला अदालतले आठ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश चुरामन खड्काको इजलासले फागुन ४ गते विकलाई दोषी ठहर गर्दै कैद गर्ने फैसला गरेको श्रेष्तेदार गम्भीर रानाले बताए ।
पीडित बालिकालाई विकले ०७३ असोज १३ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज १६ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएपछि प्रहरीले सोही दिन आरोपितलाई गिरफ्तार गरी मुद्दा चलाएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण असोज १६ गते राप्ती उपक्षेत्रीय अस्पतालमा भएको थियो ।