INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद गरी कुटपिट घटनाका आरोपितविरूद्ध उजुरी

राप्ती नगरपालिका–९ मिलनबजारमा सोही ठाउँका २६ वर्षीय अमृत परियारलाई स्थानीय सेते श्रेष्ठले जातीय विभेद गरी कुटपिट गरेको आरोपमा पीडित पक्षले जेठ ११ गते इलाका प्रहरी कार्यालयमा उजुरी दिएको छ ।

बाटोमा हिँड्ने क्रममा अमृतको आमालाई जेठ १० गते आरोपितले जातीय विभेदजन्य गाली गलौज गरेको र त्यसपछि आमालाई लिन पुगेका अमृतलाई आरोपितले कुटपिट गरेको पीडितले आरोप लगाउनु भएको छ ।

कुटपिटबाट अमृतको दाहिने हातको कुम नजिकको हड्डी भाँचएिको छ । घाइतेको उपचार भरतपुरस्थित एलाइभ हस्पिटल एण्ड ट्रमा सेन्टरमा भइहेको कल्पनाले जानकारी दिनुभयो । प्रहरीमा उजुरी परेपनि आरोपित गिरफ्तार नभएका पीडित पक्षले जनायो ।

अन्य

भिडियो