INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार प्रयास तथा यौन दुर्व्यवहार घटनाका आरोपितबिरूद्ध उजुरी

एक बालिका र दुई युवतिलाई बलात्कार प्रयास तथा यौन दुर्व्यवहार गरेको भन्दै पीडित पक्षले खाडाचक्र नगरपालिका-८ का २८ वर्षीय धनराज मल्ल, सोहि ठाउँका २४ वर्षीय हस्त मल्ल र २६ वर्षीय जनक मल्लबिरूद्ध जेठ ९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका छन् ।

आरोपितहरूले १७ वर्षीया बालिका, १८ वर्षीया र २३ वर्षीया युवतिलाई जेठ ८ गते बलात्कारको प्रयास तथा यौन दुर्व्यवहार गरेको पीडित पक्षको आरोप छ ।

फरार रहेका आरोपितलाई निषेधाज्ञाको कारण गिरफ्तार गर्न नसकिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी चक्रबहादुर साहले इन्सेक प्रतिनिधिलाई बताउनु भयो ।

पीडित महिलाहरूको स्वास्थ्य परीक्षण जेठ ९ गते जिल्ला अस्पताल कालिकोटमा गरिएको अस्पतालका सूचना अधिकारी कटक महतले जानकारी दिनुभयो ।

अन्य

भिडियो