INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार गरेको कसुरमा २० वर्ष कैदको फैसला

१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दोषी ठहर गर्दै पीडित बालिकाका ३८ वर्षीय बावुलाई जिल्ला अदालतले २० वर्ष कैद गर्ने फैसला गरेको छ ।

न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले फागुन १ गते छोरीलाई बलात्कार गरेको घटनामा दोषी ठहर गर्दै २० वर्षकैद र ४० हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको श्रेष्तेदार गम्भीर रानाले बताए ।

पीडित बालिकालाई आरोपितले ०७२ साउनदेखि ०७३ पुससम्म लगातार बलात्कार गरेको कुरा पीडित बालिकाले आमालाई बताएपछि ०७३ पुस ३ गते जिल्ला प्रहरी कार्यालयमा पीडित पक्षले उजुरी दिएको थियो । आरोपितलाई प्रहरीले पुस ३ गते नै गिरफ्तार गरी मुद्दा चलाएको थियो ।

अन्य

भिडियो