INSEC Online

📅 २०८३ जेष्ठ २१

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई वैशाख २७ गते यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले चौरीदेउराली गाउँपालिका–६ का २५ वर्षीय विराज कार्कीलाई वैशाख २८ गते पनौतीबाट गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले यौन दुर्व्यवहार गरेको भन्दै बनेपा प्रहरी कार्यालयमा पीडितका आफन्तले वैशाख २७ गते उजुरी दिएको डिएसपी हरि खतिवडाले बताउनु भयो ।

डिएसपी खतिवडाका अनुसार पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २८ गते शीर मेमोरियल अस्पताल बनेपामा गरिएको छ ।

अन्य

भिडियो