INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थामा औषधि अभाव हुँदा सेवाग्राही मर्कामा

खत्याड गाउँपालिकामा रहेका स्वास्थ्य संस्थाहरूमा  ०७७ चैत ९ गते देखि औषधि अभाव हुँदा सेवाग्राही मर्कामा परेका छन् ।

१० महिनाको छोरालाई उपचार गर्न प्रथामिक स्वास्थ्य केन्द्र रातापानी जाँदा खोकीको औषधि नभएको भन्दै मेडिकलबाट किन्नु भनेपछि तीन घण्टा हिडेर बाजुराको धुला चौरमा रहेको मेडिकलबाट औषधि ल्याउनुपरेको रमेश नेपालीले बताउनु भयो ।

एक प्राथमिक स्वास्थ्य केन्द्र र १६ वटा स्वास्थ्य चौकि रहेको  गाउँपालिकामा स्वास्थ्य संस्थाबाट वितरण गरिने निःशुल्क औषधि नहुँदा स्थानीहरू सेवा पाउनबाट वञ्चित भएको स्वास्थ्य चौकि आवका इन्चार्ज दिपबहादु कार्कीले बताउनु भयो ।

खत्याड गाउँपालिकाले आर्थिक वर्ष ०७७।०७८ मा १० लाख बजेट बिनियोजन गरेर खरिद गरेको औषधि फागुनमै सकिएकाले अहिले अभाव भएको प्रथामिक स्वास्थ्य केन्द्र रातापानीका प्रमुख डाक्टर सन्तोष सापकोटाले बताउनु भयो ।

‘गाँउपालिकाले बिनियोजन गरेको बजेटबाट खरिद गरेको औषधि सबै स्वास्थ्य चौकीमा पठाइएको हो’ गाँउपालिकाका स्वास्थ्य शाखा प्रमुख टक्क डागरले भन्नुभयो, ‘अहिले सबै स्वास्थ्य सँस्थामा अभाव भएको कुरा जानकारी आएपछि पुन खरिद गरिएको छ ।’

औषधि ढुवानी हुन केही दिन लाग्ने भएकाले गाँउपालिकामा पुग्ने बित्तिकै सबै स्वास्थ्य संस्थालाई वितरण गरिने प्रमुख डागरले बताउनुभयो ।

अन्य

भिडियो