१२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले लहान नपा–५ का २० वर्षीय राजु शेखविरुद्ध इलाका प्रही कार्यालय लहानमा वैशाख २६ गते उजुरी दिएको छ ।
पीडित बालिकालाई आरोपितले वैशाख २५ गते यौन दुर्व्यवहार गरेकाले कारवाहीको लागि उजुरी दिएको पीडित बालिकाकी आमाले बताइन् ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालमा वैशाख २६ गते गरिएको छ ।
इलाका प्रहरी कार्यालय लहानका डिएसपी डाक्टर तपनकुमार दाहालका अनुसार आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको छ ।