INSEC Online

📅 २०८३ जेष्ठ २२

कोभिड–१९ सङ्क्रमणसम्बन्धी सुदूरपश्चिम प्रदेशको दैनिक अपडेट ( वैशाख २५ गते )

इन्सेक सुदूरपश्चिम प्रदेश अन्तर्गत कार्यरत इन्सेक जिल्ला प्रतिनिधिहरुले वैशाख २५ गते पठाउनु भएको सूचनाका आधारमा कोभिड–१९ को जोखिमलाई नियन्त्रण तथा रोकथामका लागि प्रदेश अन्तर्गत भइरहेका कार्यहरु र समस्याहरुको जिल्लागत अवस्था विश्लेषण यस प्रकार रहेको छ ।

इन्सेक कैलाली प्रतिनिधि मैनामोती चौधरीका अनुसार सुदूरपश्चिम प्रदेश सरकार सामाजिक विकास मन्त्रालय मातहतको स्वास्थ्य कार्यालयल, कैलालीले सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालकै परिसरमा पुनः ५० शैयाको आइसोलेसन भवन निर्माण कार्य अगाडि बढाएको छ । ०७८ असार मसान्तसम्म प्रिफ्याब भवन निर्माणको समय अवधि राखिएको कोभिड अस्पतालको हालसम्म ३० प्रतिशत भौतिक प्रगति भइसकेकोले तोकिएको अवधि भन्दा पहिले नै निर्माणको काम पुरा हुने निर्माण व्यवसायी रोहित रानाले बताउनु भयो । उहाँले भन्नु भयो – “हामीलाई काम गर्न कुनै समस्या छैन् । निर्माण सामग्री र कामदार छन् । अबको एक महिनाभित्र काम सक्छौँ ।”१ करोड ४९ लाख रुपियाँको लागतमा निर्माण थालिएको आइसोलेसन भवन सेती प्रादेशिक अस्पताललाई हस्तान्तरण गरिने र आइसोलेसनका लागि  प्रादेशिक अस्पतालले आवश्यक शैया, उपकरण, अक्सिजन सिलिन्डरलगायतका सामग्री खरिद गर्नु पर्ने निर्माण व्यवसायी रानाले बताउनु भयो । स्वास्थ्य कार्यालय, कैलालीका निमित्ता प्रमुख लालबहादुर धामीले काम तिब्र गतिमा भइरहेकोले समयसिमा भित्रै ५० शैयाको कोभिड अस्पताल निर्माण भई सञ्चालनमा आउने बताउनु भयो । सेती प्रादेशिक अस्पतालका मेसु डाक्टर हेमराज पाण्डले थप ५० शैयाको कोभिड अस्पताल निर्माण सम्पन्न भएपछि सङ्क्रमितहरुको उपचरामा सहज हुने बताउनु भयो ।

इन्सेक दार्चुला प्रतिनिधि नरेन्द्रसिंह कार्कीका अनुसार जिल्लाको ग्रामीणबस्तीहरुमा  कोभिड  संक्रणम फैलिएको भएपनि उनीहरुको स्वास्थ्य परीक्षण नभएका कारण गाउँघरमा थप जटिलता थपिदै गएको अपिहिमाल गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गामसिंह धामीले बताउनु भयो । गाउँघरमा रुघाखोकी बिरामीहरु घरघरमै भएपनि सबै जनाले स्वास्थ्य परीक्षण गर्न नमान्ने र गरेकाहरुमा कोभिड पोजेटि देखिने गरेको अमिहिमाल गाउँपालिकाका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले बताउनु भयो ।  एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकाङ्शमा कोभिड संक्रमण पुष्टि भइरहेको र हाल गाउँपालिकाका वडा नम्बर १, २, ३, ४ र ५ मा नमूनाको रुपमा एन्टिजेनमार्फत कोभिड परीक्षण अधिकाङ्श नमूनाहरुको रिपोर्ट पोजेटिभ आएकोले सावधानी अपनाउनुको विकल्प नरहेको धामीको भनाई छ । अपिहिमाल गाउँपालिका अध्यक्ष धर्मानन्द मन्याल सहित आठ जनामा अहिलेसम्म कोभिड संक्रमण देखिएको र गाउँपालिकामा प्रयाप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न पनि नसकिएको गाउँपालिकाले जनाएको छ । स्वाब परीक्षण गर्ने भीटीएम वा एन्टिजेन किट स्वास्थ्य कार्यालयबाट प्रयाप्त मात्रामा नपठाएको कारण हाल नमूनाका रुपमा मात्रै परीक्षण अगाडी बढाएको गाउँपलिकाका अध्यक्ष मन्यालको भनाई छ ।

आयुर्वेदिक स्वास्थ्य केन्द्र, दार्चुलाका कार्यालय प्रमुख लोकेन्द्र जोशीको सेती प्रादेशिक अस्पताल, धनगढीमा वैशाख २५ गते विहान मृत्यु भएको छ । कोभिड संक्रमणका कारण अस्पताल भर्ना भएका जोशीले अक्सिजन नपाएकै कारण मुत्यु भएको आफन्तले गुनासो गरेका छन् ।  झापामा भेन्टीलेटर भएको जानकारी पाएपछि परिवारले हेलिक्याप्टरबाट झापा लैजाने तयारी गरेकै अवस्थामा सेती प्रदेशिक अस्पतालको आइसियुमा उहाँको मृत्यु भएको हो  । जोशीको मुत्युसँगे जिल्लामा कोभिडका कारण मृत्यु हुनेको सङ्ख्या चार जना पुगेको छ ।  जिल्लामा १ सयय भन्दा बढि  सक्रिय सङ्क्रमित रहेका छन् ।

इन्सेक बैतडी प्रतिनिधि नरी बडुका अनुसार जिल्लमा कोभिड सङ्क्रमित बढेसँगै जिल्ला अस्पताल, बैतडीमा अक्सिजनको अभाव भएको छ । अक्सिजनका खालि सिलिन्डर भर्नका लागि धनगढी लग्न एम्बुलेन्सको व्यवस्था गरिएको भएपनि तीन ओटा एम्बुलेन्सका चालकहरुलाई कोभिड–१९ पोजेटिभ देखिएपछि अक्सिजनको आपुर्तिमा समस्या भएको जिल्ला अस्पताल, बैतडीका प्रमुख डाक्टर बसन्तराज जोशीले बताउनु भयो । अक्सिजन अभावका कारणले प्रयाप्त मात्रामा बिरामीहरुलाई अक्सिजन दिन नसकिएको उहाँको भनाई छ । ११ जना सङक्रमितहरुलाई नियमित अक्सिजन दिइरहनु परेको भएपनि अक्सिजनको अभावमा केहि समय ग्याब गरेर अक्सिजन दिनु पर्ने बाध्यता रहेको डाक्टर जोशीले बताउनु भयो । आठ जनाको क्षमता रहेको जिल्ला अस्पतालमा हाल १५ जना सङ्क्रमितहरुको उपचार भइरहेकोले जिल्ला अस्पतालमा कोभिड–१९ का बिरामीहरु राख्न ठाउँको समेत अभाव भएको डाक्टर जोशीले बताउनु भयो ।

अन्य

भिडियो