INSEC Online

📅 २०८३ जेष्ठ २१

अक्सिजनको व्यवस्था नहुँदा कोभिडका दुई जना सङ्क्रमितको मृत्यु

अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकै दिन दुई जना कोभिड सङ्क्रमितको मृत्यु भएको छ ।

भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुईजना काभिड सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि वैशाख २३ गते मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय भक्तपुरका प्रमुख कृष्ण मिजारले जानकारी दिनुभयो ।

भक्तपुरका अस्पतालहरूमा अक्सिजनको अभाव भइरहेको बताउँदै उहाँले उक्त अस्पतालले भर्ना भएका बिरामीलाई अक्सिजन सकिन लागेकाले अन्यत्र लैजान बिरामीका परिवारलाई भनेपछि अस्पताल खोज्दाखोज्दै सङ्क्रमितको मृत्यु भएको उल्लेख गर्नुभयो ।

गम्भीर अवस्थाका बिरामीलाई अस्पतालमा पर्याप्त अक्सिजनको व्यवस्था नगरी उपचार गर्दा बिरामीको ज्यान गएको पीडित परिवारको आरोप छ ।

अन्य

भिडियो