कोभिड सङ्क्रमण समुदायमा फैलिन थालेपछि जिल्ला प्रशासन कार्यालय धनुषाले वैशाख २१ गतेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेध आदेश जारी गरेको छ । जिल्ला सङ्कट व्यवस्थापन समितिको वैशाख १९ गते बसेको बैठकबाट कोभिड महामारी रोकथाम तथा नियन्त्रण गर्न सङ्क्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेध आदेश जारी गरेको हो । यो अवधि भित्र अति आवश्यक बाहेक घरबाट ननिस्कन अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद वास्तोलाले बताउनुभयो ।
प्रदेश २ मा कोभिड नियन्त्रण गर्न मन्त्रिलाई फोकल पर्सन चयन
प्रदेश २ सरकारको वैशाख २० गते बसेको मन्त्रिपरिषदको बैठकबाट कोभिड महामारी नियन्त्रणका लागि प्रदेश २ सरकारका मन्त्रीहरूलाई जिल्लागत जिम्मेवारी दिएको छ । सप्तरी जिल्लाका लागी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह, सिरहा जिल्लाका लागि आर्थिक मामिला तथा योजना विजयकुमार यादव, धनुषा र महोत्तरीका लागि आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादव, सर्लाही र रौतहटका लागि उद्योग पर्यटन तथा वन मन्त्री रामनरेश राय र बारा तथा पर्साका लागि भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनललाई फोकल मन्त्रीको जिम्मेवारी दिने निर्णय गरेको छ ।
जिम्मेवारी तोकिएका मन्त्रीहरूसम्बन्धी जिल्ला र प्रदेश सरकारबिच कोभिड महामारी नियन्त्रणका लागि पुलको रूपमा काम गर्नुपर्ने छ । मन्त्रिपरिषदको बैठकले प्रदेश सरकारले कोभिड महामारीसँग जुध्न प्रदेश भरिका विभिन्न अस्पताल तथा प्रयोगशालाका लागि ४ सय १७ अस्थायी दरबन्दी थप गरेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशालाका लागि ३३, प्रादेशिक अस्पतालका लागि १ सय ७४, सिरहा, जलेश्वर, मलङ्गवा, गौर र कलैया अस्पतालका लागि ३२/३२, लहान अस्पतालका लागि २३ र भारदह तथा पोखरिया अस्पतालका लागि १५/१५ दरबन्दी थप गर्ने निर्णय गरेको मुख्यमन्त्रीका स्वकीय सचिव दिपक यादवले बताउनुभयो । मन्त्रिपरिषद्को बैठकबाट जनकपुरको मणिपाल अस्पतालमा २० बेड आइसियुसहित १ सय बेडको कोभिड विशेष अस्पतालको लागि थप २ सय २७ दरबन्दी स्वीकृत गरेको छ ।
अक्सिजन–औषधि किन्ने निर्णय
प्रदेश २ सरकारले प्रदेशका १३ ओटा सरकारी अस्पताललाई थप अक्सिजन सिलिण्डर भण्डारण गर्न कोभिड रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट ५/५ लाख रुपियाँ उपलब्ध गराउने बैठकले निर्णय गरेको छ । सङ्क्रमितलाई आवश्यक पर्ने रेम्डेसिभिर औषधि १ हजार भाइल तत्काल खरिद गर्ने प्रक्रिया थाल्न स्वास्थ्य आपूर्ति महाशाखालाई प्रदेश सरकारले सहमति दिएको छ । बैठकले आठै जिल्लामा पीसीआर मेसिन जडान भए पनि उपचारका लागि थप जनशक्ति आवश्यक रहेको निष्कर्ष निकालेको छ । मुख्यमन्त्री राउतले प्रदेशका आठ ओटै जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग कोभिड रोकथाम बारे भर्चुअल बैठक गर्नुभएको छ ।
पर्सा प्रतिनिधि कृष्णचन्द्र लामिछानेका अनुसार पर्सामा वैशाख १६ गतेदेखि जारी निषेध आदेश वैशाख ३० गते राति १२ बजे सम्मका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले पर्सामा जारी सो आदेश आठ दिन थप गर्नु भएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र पर्साको वैशाख २१ गते बसेको बैठकले निषेध आदेश वैशाख ३० गते राति १२ बजेसम्म लम्ब्याउन प्रमुख जिल्ला अधिकारीलाई सिफारिस गरे पछि स्थानीय प्रशासनको तर्फबाट यस्तो आदेश जारी भएको हो । यसअघि वैशाख १६ गते बिहान ६ बजेदेखि जारी गरिएको निषेध आदेशको अवधि २२ गते राति १२ बजे सकिँदै थियो । केन्द्रको बैठकले अक्सिजन उत्पादन गर्ने उद्योगहरूलाई पूर्ण क्षमतामा सञ्चालन गर्न र स्वास्थ्य क्षेत्रबाहेक अन्य क्षेत्रमा आपूर्ति नगर्न निर्देशन गरेको छ । उद्योगको अक्सिजनको उत्पादन, भण्डारण र बिक्री वितरणको दैनिक अनुगमन गर्न जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरेको छ । यसैगरी, वीरगंज महानगरपालिकालाई १ सय शैयाको कोभिड अस्थायी विशेष अस्पताल सञ्चालनमा ल्याउन आग्रह गरिएको छ भने १ सय शैयाको आइसोलेशन सञ्चालनमा ल्याउन सुझाव दिइएको छ ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७