त्रिवेणी नगरपालिका–९ मलालगाउँकी १४ वर्षीया बालिका सभ्यता बुढामाथि वैशाख १९ गते राती सोही नगरपालिका–८ कालापानीका सुमन गिरी लगायत अन्य तीन जनाले पेट्रोल छर्किएर आगो लगाउँदा बालिका घाइते भएकी छिन् ।
त्रिवेणी नगरपालिका–८ का सुमन गिरी लगायतका अन्य तीन जनाले बालिकाको शरीरमा पेट्रोल छर्किएर आगो लगाएको खुल्न आएको जिल्ला प्रहरी कार्यालय, बाजुराका डीएसपी मदनजीत महराले बताउनु भयो ।
आगोले जलेर घाइते भएकी बालिकाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको र घटनामा सङ्लग्न व्यक्तिाहरु फरार रहेकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी मराले बताउनु भयो ।
वैशाख १९ गते राती गाउँमा विवाह हेर्न गएको समयमा बालिकामाथि पेट्रोल छर्किएर आगो लगाइएको प्रहरीले जनाएको छ ।
बालिकाको शरीरमा पेट्रोल छिर्किएर आगो लगाई हत्या गर्ने प्रयास गरिएकोले घटनामा सङ्लग्न सुमन गिरी लगायतका अन्य तीन जनामाथि मुलुकी अपराध संहिता अन्तर्गत मुद्दा चलाउने तयारी गरिएको डिएसपी महराले बताउनु भयो ।