वैशाख २० गतेसम्म पूर्ण र आंशिक गरी ४५ जिल्लामा निषेध आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।
वैशाख १३ गते बसेको मन्त्रिपरिषद बैठकले काठमाडौँ उपत्यका र तराईका जिल्लामा ५ सयभन्दा बढी तथा पहाडी र हिमाली जिल्लामा २ सयभन्दा बढी सक्रिय सङ्क्रमितको सङ्ख्या भए प्रमुख जिल्ला अधिकारीले निषेध आदेश जारी गर्नसक्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद बैठकले १५ दिनसम्म निषेध आदेश जारी गर्न सक्ने अधिकार जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) लाई दिएपछि यसैका आधारमा विभिन्न जिल्लाले निषेध आदेश जारी गरेका हुन् ।
पूर्ण र आंशिक रूपमा निषेध आदेश जारी गरिएका जिल्लाबारे थाहा पाउन यहाँ क्लिक गर्नु होला
कोभिडको पहिलो र दोस्रो लहरबारे केही तथ्य
| क्रसं | नयाँ सङ्क्रमित | समाचार शीर्षक | सक्रिय सङ्क्रमित | परीक्षण स्वाब | कैफियत |
| २०७६ माघ ९ | १ | १ | पहिलो सङ्क्रमित | ||
| २०७६ चैत ११ | १ | कोरोना भाइरसः एक सातासम्मका लागि ‘लकडाउन’, उल्लङ्घन गरे ६ महिना कैद
|
१ | पहिलो लकडाउन | |
| २०७७ कात्तिक ५ | ५७४३ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (कात्तिक ५ गते) | ४४४७६ | २०११८ | पहिलो लहरको सबैभन्दा बढी सङ्क्रमित |
| २०७७ फागुन २२ | ४७ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (फागुन २२ गते) | ८१७ | ३५३५ | पहिलो लहरको सबैभन्दा कम सङ्क्रमित |
| २०७८ वैशाख २० | ७३८८ | कोभिड–१९ को सङ्क्रमणसम्बन्धी दैनिक अपडेट (वैशाख २० गते) | ५४०४१ | १६६५८ | दोस्रो लहरको सबैभन्दा बढी सङ्क्रमित |