INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

१३ वर्षीया बालिकालाई बलात्कार गरी फरार भएका आरोपितलाई प्रहरीले घटना भएको १० वर्षपछि वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०६८ माघ १२ गते बलात्कार गरी फरार भएका चैनपुर नगरपालिका–१० का ४३ वर्षीय गणेशबहादुर भनिने लेक बहादुर अधिकारीलाई सुनसरीको दुहवी नगरपालिकामा रहेको खनारबाट गिरफ्तार गरेको इलाका प्रहरी कार्यालय चैनपुरका इन्स्पेक्टर योगराज खतिवडाले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

बालिकालाई बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध ०६८ माघ १३ गते इलाका प्रहरी चैनपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीपछि फरार भएका आरोपितविरूद्ध प्रहरीले जिल्ला अदालतमा ०६८ माघ १४ गते बलात्कार शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको थियो ।

जिल्ला अदालतको ०७२ माघ १२ गतेको इजलासले आरोपितले कसुर गरेको ठहर गर्दै १२ वर्ष कैद सजायको फैसला सुनाएको थियो ।

गिरफ्तारीमा परेका अधिकारीलाई ०७८ वैशाख १९ गते अदालतमा पेश गरी कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी नवराज मल्लले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०६८ माघ १३ गते गरिएको थियो ।

अन्य

भिडियो