INSEC Online

📅 २०८३ जेष्ठ २१

राष्ट्रपतिद्वारा वैशाख २७ गते प्रतिनिधिसभाको विशेष अधिवेशनको आह्वान

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नु भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट गर्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले सोही प्रयोजनका लागि  प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

वैशाख १९ गते बसेको मन्त्रिपरिषद बैठकले संसदको विशेष अधिवेशनका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो ।

Press release_20210502presidentoffice

अन्य

भिडियो