INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार गरेको कसुरमा २० वर्ष कैद सजायको फैसला

१२ वर्षीया बालिकालाई बलात्कार कसुरमा जिल्ला अदालत चितवनले भरतपुर महानगरपालिका –२ का ७२ वर्षीय पूर्णबहादुर बिकलाई २० वर्ष कैद सजाय हुने फैसला सुनाएको छ । तर, जेष्ठ नागरिकको हकमा आधा सजाय कार्यान्वयन हुने भन्दै अदालतले १० वर्ष कैद मिनाहा गरेको छ ।

जिल्ला न्यायाधीश हेमन्त रावलको ०७८ वैशाख १० गतेको इजलासले उक्त फैसला गरेको अदालतका सूचना अधिकारी श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो ।

बालिकालाई ०७७ साउन २१ गते नारायणी नदी किनारमा लगि बलात्कार गरेको भन्दै पीडित बालिकाकी हजुरआमाले बिकविरुद्ध साउन २३ गते जिल्ला प्रहरी कार्यालय भरतपुरमा उजुरी दिनुभएको थियो । बिकलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो ।

बालिकाको स्वास्थ्य परीक्षण साउन २३ गते नै भरतपुर अस्पतालमा गरिको थियो ।

अन्य

भिडियो