INSEC Online

📅 २०८३ जेष्ठ २१

बलात्कार घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तारकेश्वर गाउँपालिका–३ का २५ वर्षीय दीलिप श्रेष्ठलाई प्रहरीले ०७८ वैशाख १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकाको घरमा गएर वैशाख ९ गते राती बलात्कार गरेको प्रहरीलाई मौखिक उजुरी आएपछि आरोपित श्रेष्ठलाई गिरफ्तार गरी अनुषन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर ललिता ढकालले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १० गते त्रिशूली जिल्ला अस्पतालमा गरिएको छ ।

आरोपित एक निजी विद्यालयका शिक्षक भएको तारेकश्वर नगरपालिका वडा नं. ३ का वडाअध्यक्ष सूर्यमान श्रेष्ठले जानकारी दिनुभयो ।

अन्य

भिडियो