सात वर्षीया बालिकालाई वैशाख ८ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले महाराजगञ्ज नपा–९ का ७३ वर्षीय सङ्कटा गिरीविरूद्ध वैशाख ९ गते इलाका प्रहरी कार्यालय कृष्णनगरमा उजुरी दिएको छ ।
पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई प्रहरीले वैशाख ८ गते सोही गाउँबाट गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।
पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख ८ गते शिवराज अस्पताल, बहादुरगञ्जमा गरिएको प्रहरीले जनाएको छ ।