१३ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा भरतपुर महानगरपालिका–४ का ४७ वर्षीय राजुकमार श्रेष्ठललाई जिल्ला अदालत चितवनले वैशाख ५ गते १० वर्ष कैद हुने फैसला गरेको छ ।
सोही घटनामा श्रेष्ठलाई सहयोग पुर्याएको कसुरमा सोही ठाउँकी २७ वर्षीया विमला विकलाई तीन वर्ष कैद सजाय हुने फैसला भएको छ ।
जिल्ला अदालतका न्यायधीश सकुन्तला कार्कीको इजलासले वैशाख ५ गते उक्त फैसला गरेको र दुवै जना फरार रहेको श्रेष्तेदार रुद्रमणि गिरीले बताउनु भयो ।
बालिकालाई ०७२ साउन १३ गते भरतपुर महागरपालिका– ८ विसहजारी ताल नजिकको होटलमा लागि बलात्कार गरेको भनी पीडितका बाबुले श्रेष्ठ र विकविरुद्ध साउन १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
बालिकाको स्वाथ्य परीक्षण साउन १७ गते नै भरतपुर अस्पतालमा गरिएको थियो ।