INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

२२ वर्षीया महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा धनुषा जिल्ला सबैला नगरपालिका–१ स्थायी घरभई बाह्रविसे नगरपालिका–४ मा घडी पसल गरी अस्थायी बसोवास गर्दै आएका ४५ वर्षीय चन्द्रेश्वर महतोलाई प्रहरीले ०७८ वैशाख ५ गते बाह्रविसे बजारबाट गिरफ्तार गरेको छ ।

आरोपितले ०७७ चैत २३ गते दिउँसो पीडितकै घरको पसल भित्र लगि यौन दुर्व्यवहार गरेको पीडितको आरोप छ । पीडितले चैत २४ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएकी थिइन् ।

पीडितको चैत २४ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा स्वास्थ्य परीक्षण गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रामचन्द्र घिमिरेले बताउनु भयो ।

घटनापछि फरार भएका आरोपित नौ दिनपछि बाह्रविसे आएको सूचना पाएपछि प्रहरीले गिरफ्तार गरेको थियो ।

अन्य

भिडियो