१५ र १७ वर्षीया दुई जना बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको वीरेन्द्र नगरपालिका–१७ सुर्खेत घरभई हाल सिमकोट गाउँपालिका–१ दोजाम गाउँ बस्ने २४ वर्षीय सवारी चालक कृष्ण लामा (गुरुङ) लाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाद्वयको नग्न भिडियो ०७७ चैत ३० गते लामा (गुरुङ) ले विभिन्न सामाजिक सञ्जालमा राखेको भन्दै पीडितद्वयले चैत ३१ गते जिल्ला प्रहरी कार्यालय हुम्लामा उजुरी दिएपछि आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको प्रहरी जवान रेशम भुसालले बताउनु भयो ।