४६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले माघ २४ गते लालीगुराँस नपा-९ का ३२ वर्षीय डम्बर खड्कालाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी भागेन्द्रपुरुष ढकालले बताए ।
पीडित महिलालाई आरोपितले माघ २३ गते बलात्कार गरेको भन्दै पीडितका आफन्तले माघ २४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।
पीडित महिलाको स्वास्थ्य परीक्षण माघ २४ गते जिल्ला अस्पतालमा गरिएको प्रहरीले जनाएको छ ।