INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बर्दिया जिल्ला बढैयाताल गाउँपालिका – ६ घर भई हाल नेपालगञ्ज उपमनपा–१२ कोरीयनपुर बस्ने २८ वर्षीय सुरज बुढालाई ०७७ चैत ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले विवाहको प्रलोभन देखाएर ०७७ मङसिरदेखि बलात्कार गर्दै आएको र अन्तिम पटक फागुन १७ गते बलात्कार गरेको भन्दै इन्सेकको सहयोगमा पीडितपक्षले चैत ३१ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित पटक पटक बेहोश हुने गरेपछि नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा घटनाका बारेमा थाहा भएको पीडितकी दिदिले इन्सेक प्रतिनिधिसँगको भेटमा बताउनु भयो ।

पीडितपक्षले न्यायिक प्रक्रियामा आवश्यक सहयोग गरिदिन भन्दै चैत ३१ गते इन्सेक लुम्बिनी प्रदेश कार्यालय, नेपालगञ्जमा निवेदन दिनु भएको थियो । जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरीले उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको बताउनु भयो ।

पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण चैत ३१ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।

अन्य

भिडियो