INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका कसुरमा ६ महिना कैदको फैसला

१६ वर्षीया बालिकालाई बलात्कार गरेको कसुर ठहर गर्दै कल्याणपुर नपा–८ का २१ वर्षीय मोहमद अख्तरलाई जिल्ला अदालतले ०७७ चैत ३० गते ६ महिना कैद तथा ४० हजार रुपियाँ क्षतिपुर्तिको फैसला सुनाएको छ ।

न्यायाधीश प्रकाश खरेलको इजलासले सो फैसला गरेको हो । पीडित बालिकालाई आरोपितले ०७७ असोज २४ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा असोज २५ गते उजुरी दिएको थियो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल सिरहामा असोज २५ गते गरिएको थियो । इलाका प्रहरी कार्यालय मिर्चैयाले अख्तरलाई कात्तिक ३ गते गिरफ्तार गरेको थियो ।

जिल्ला अदालतको आदेशमा आरोपित कात्तिक २३ गतेदेखि पुर्पक्षका लागि थुनामा राखिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो