वीरेन्द्रनगर नपाका प्रमुख देवकुमार सुवेदीले वीरेन्द्रनगर नपा १ की १० वर्षीया सृजना सुनारको मुटुको भल्व फेरिदिने तथा आगामी आर्थिक वर्षमा कृषि, युवा र फरक क्षमता भएका बालबालिकाका लागि वजेट बृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।
वीरेन्द्रनगर नपा, इन्सेक कर्णाली प्रदेश र आयोनद्धारा चैत ३० गते वीरेन्द्रनगर नपामा आयोजित शिक्षा, स्वास्थ्य, खाद्य र आवासको अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रममा बोल्दै नगरप्रमुख सुवेदीले यस्तो प्रतिबद्धता जनाउनु भएको हो ।
इन्सेकद्धारा गठित मानव अधिकार समूहका सदस्य सम्झना सुनारले सार्वजनिक सुनुवाई कार्यक्रममा मुटु रोगी सृजना सुनारको समस्याका विषयमा कुरा राखेपछि नगरप्रमुख सुवेदीले सृजनाको सबै उपचार तथा पठनपाठनको खर्च व्यहोरिदिने प्रतिबद्धता जनाएको इन्सेक सुर्खेतका सहजकर्ता बिन्दुलाल रेग्मीले बताउनु भयो ।
कार्यक्रममा नगर प्रमुख सुवेदी, उपप्रमुख मोहनमाया ढकाल र प्रमुख प्रशासकीय अधिकृत टिकाराम ढकालले वीरेन्द्रनगर नपाको सार्वजनिक सेवाको प्रभावकारिताका लागि सार्वजनिक सुनुवाई कार्यक्रमलाई निरन्तरता दिने र वीरेन्द्रनगर नपामा देखिएको खानेपानी समस्याको समाधान गर्न आवश्यक पहल गर्ने लगायतका १२ बुँदे प्रतिबद्धता जनाउनु भएको थियो । कार्यक्रममा जनप्रतिनिधि, मानव अधिकार समूहका सदस्य, कृषक, नागरिक समाज, अधिकारकर्मी, सञ्चारकर्मी र विद्यार्थीहरूको सहभागिता रहेको थियो ।
यसैगरी इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेत, लेकवेशी नगरपालिका, स्याक र सुन्दर नेपाल संस्थाको आयोजनामा चैत २३ गते लेकवेशी नपामा शिक्षा, स्वास्थ्य, खाद्य तथा आवासको अधिकार विषयक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भयो । कार्यक्रममा लेकवेशी नपाका प्रमुख गगनसिं सुनारले आगामी आर्थिक वर्षमा स्वास्थ्य, शिक्षा, खाद्य तथा आवासको अधिकार सुनिश्चितताका लागि बजेट बृद्धि गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । सहभागिहरूले दिएका सुझावका आधारमा लेकवेशी नपाका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतले छ बुँदे प्रतिवद्धता जनाउनु भएको थियो ।
बलात्कार गरेको कसुरमा २ वर्ष ६ महिना कैद
१० वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत पाल्पाले १७