३२ वर्षीया गर्भवती महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले नेत्र विक्रम चन्द नेतृत्वको नेकपाका जिल्ला सदस्य पञ्चदेवल विनायक नगरपालिका–८ बारलाका ४० वर्षीय पदमबहादुर विकलाई चैत ३० गते गिरफ्तार गरेको छ ।
दैलेख जिल्लाको राखमबाट उपचार गरेर घर फर्कने क्रममा चैत २९ गते बेलुकी ज्वानेपानीमा बलात्कार गरेकोले घटना लगत्तै प्रहरी चौकी, बारलामा मौखिक जानकारी गराएको र चैत २९ गते जिल्ला प्रहरी कार्यालय, अछाममा किटानी जाहेरी दिएको पीडितले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
घटनाका सम्बन्धमा पीडित पक्षले चैत २९ गते प्रहरीलाई मौखिक जानकारी दिएपछि आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, अछामका डिएसपी तुल्क्षीराम अर्यालले इन्सेक प्रतिनिधिसँग फोनबाट बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत ३१ गते जिल्ला अस्पताल, मंगलसेनमा गरिएको प्रहरीले जनायो ।