राष्ट्रिय मानव अधिकार आयोगको छैटौँ रणनीतिक योजना तर्जुमा सम्बन्धी छलफल तथा परामर्श कार्यक्रम ०७७ चैत २४ गते रामेछापको सदरमुका मन्थलीमा सम्पन्न भएको छ ।
कार्यक्रमका बोल्दै आयोगका सदस्य मनोज दुवाडीले मानव अधिकार उल्लङ्घन शक्तिमा रहेकाले गर्ने भएकाले यसको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभयो । शक्तिमा हुने जो कोहीले पनि मानव अधिकार हनन् गर्नेतर्फ सचेत रहनु पर्ने उहाँको धारणा थियो ।
समृद्ध नेपाल सुखी नेपालीको परिकल्पना लिएर अघि बढे मानव अधिकार उल्लङ्घनका घटना कम हुने पनि सदस्य दुवाडीले बताउनुभयो ।
मन्थली नगरपालिका प्रमुख रमेश बस्नेतले साइवर अपराधसँग जोडिएका मानव अधिकार उल्लङ्घनका घटनालाई सम्बोधन गर्न आग्रह गर्नुभयो ।
रामेछापका प्रमुख जिल्ला अधिकारी गौलोचन सैँजुले १२ कक्षासम्मको पाठ्यक्रममा मानव अधिकार शिक्षालाई समेट्न सुझाव दिनुभयो ।
कार्यक्रममा आयोगले बनाउन लागेको रणनीतिक योजनको मसौदाको बारेमा आयोगका प्रवक्ता तथा सहसचिव डा.टीकाराम पोखरेलले जानकारी गराउनुभएको थियो ।
कार्यक्रमका सहभागीले आयोगको निर्णय प्रभावकारी कार्यान्वयनमा लैजाने योजना बनाएर अघि बढ्न सुझाव दिनुभएको थियो ।