INSEC Online

📅 २०८३ जेष्ठ २१

म्यान्मारमा भएको हिंसाप्रति नेपाल सरकारको चासो र चिन्ता छः परराष्ट्रमन्त्री ज्ञवाली (भिडियोसहित)

परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले म्यानमार हिंसाप्रति नेपाल सरकारको गहिरो चिन्ता र चासो रहेको चैत २३ गते संसद बैठकमा बताउनु भएको छ ।

प्रतिनिधिसभामा विभिन्न सांसदहरूद्वारा उठाइएका प्रश्नको जबाफ दिँदै उहाँले भन्नु भयो–‘म्यानमारको पछिल्लो विकसित घटनाका सन्दर्भमा नेपाल सरकारको गहिरो चिन्ता र चासो रहँदै आएको छ । जुन कुरा हामीले फेब्रुअरी १ मा नै प्रेस विज्ञप्तिमार्फत जारी गरिसकेका छौँ ।’

शान्तिपूर्ण प्रदर्शनमा पनि धेरै नागरिकको ज्यान गएको आफूहरुले देखेको भन्दै मन्त्री ज्ञवालीले त्यसविरुद्ध संयुक्त राष्ट्रसंघले पारित गरेको ‘रिजुलोसन’मा समेत नेपालले सर्मथन जनाएको संसदमा बताउनु भएको छ ।

नेपालको विदेश नीतिको आधारभूत पक्ष मानव अधिकार र लोकतन्त्र भएको भन्दै उहाँले जुनसुकै हिंसाको भएपनि नेपाल सरकारले विरोध गर्ने बताउनु भयो ।

संसदमा मन्त्री ज्ञवालीको सम्बोधन भिडियोमा

अन्य

भिडियो