INSEC Online

📅 २०८३ जेष्ठ २२

नवजात शिशु हत्या घटनाका आरोपित गिरफ्तार

नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले बागलुङ ढोरपाटन नगरपालिका–३ घोसाखानी घर भई हाल अन्नपूर्ण गाउँपालिका–२ नौडाँडा बस्ने २२ वर्षीया गीता कुँवर सुनारलाई गिरफ्तार गरेको छ ।

४२ दिनको आफ्नै शिशुलाई चैत १९ गते हत्या गरेको आरोेपमा प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेर उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुर अन्तरगत मुद्दा दर्ता गरी घटनाको थप अनुसन्धानको भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सुवास हमालले जानकारी दिनुभयो ।

शवको पोष्टमार्टम चैत २० गते पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा गरिएको छ ।

अन्य

भिडियो