अपाङ्गता भएकी १५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले बागलुङ काठेखोला गाउँपालिका–१ का ८० वर्षीय प्रेमबहादुर खत्रीलाई गिरफ्तार गरेको छ ।
पीडितलाई आरोपितले ०७७ चैत १२ गते बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध चैत १८ गते जिल्ला प्रहरी कार्यालय बागलुङमा उजुरी दिएका थिए ।
पीडित पक्षको उजुरीपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका डिएसपी इकवाल हवारीले इन्सेक प्रतिनिधिलाई जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण चैत १८ गते धौलागिरी अस्पताल बागलुङमा भयो ।