INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहारको कसुरमा ६ महिना कैद फैसला

१० र १२ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतले भरतपुर महानगरपालिका–१ पोखरा बसपार्कमा होटल सञ्चालन गरी बसेका ४० वर्षीय रोशन प्रधानलाई ६ महिना कैद र १० हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ ।

न्यायाधीश केशव अधिकारीको इजलासले चैत १८ गते उक्त फैसला गरेको जिल्ला अदालतका श्रेष्तेदार इश्वर आचार्यले बताउनुभयो ।

पीडितको तर्फबाट बालिकालाई असोज २८ गते राति यौन दुर्व्यवहार गरेको भन्दै प्रधानविरुद्ध असोज २९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

प्रधानलाई प्रहरीले असोज २८ गते राती नै पीडितको मौखिक उजुरीको आधारमा वडा प्रहरी कार्यालय नारायणगढले गिरफ्तार गरेको थियो ।

पीडित बालिकाद्वयको असोज २९ गते भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।

अन्य

भिडियो