INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार गरेको कसुरमा दुई वर्ष कैदको फैसला

१६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको कसुरमा जिल्ला अदालतका न्यायाधीश शकुन्तला कार्कीको चैत १७ गतेको इजलासले खैरहनी नगरपालिका–३ का ४८ वर्षीय विष्णुबहादुर बानियाँलाई दुई वर्ष कैद र २० हजार रुपियाँ जरिबाना हुने फैसला गरेको छ ।

यौन दुर्व्यवहारको घटनामा आंशिक दावी पुग्ने फैसला अनुसार बानियाँलाई उक्त सजाय भएको अदालतका श्रेष्तेदार इश्वर आचार्यले जानकारी दिनुभयो ।

पीडित बालिकालाई बानियाँले ०७७ मङ्सिर २० गते यौन दुर्व्यवहार गरेको भनी पीडित आफैँले २३ गते इलाका प्रहरी कार्यालय खैरहनीमा उजुरी दिएकी थिइन् । बानियाँलाई प्रहरीले सोही दिन गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण मङ्सिर २३ गते भरतपुर अस्पतालमा गरिएको थियो ।

अन्य

भिडियो