INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित डाक्टर गिरफ्तार

२५ वर्षीया महिलालाई उपचारको बहानामा यौन दुर्व्यवहार गरेको आरोपमा राजविराज नपा–४ स्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डाक्टर राजन जैसवाललाई प्रहरीले चैत १३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले अस्पतालकै क्याबिनमा चैत १३ गते यौन दुर्व्यवहार गरेको आरोपमा डाक्टर जैसवाललाई गिरफ्तार गरेर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्रप्रसाद धमलाले बताउनु भयो ।

अस्पतालले समेत तत्कालै उनलाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले चैत १३ गते विज्ञप्ति जारी गरी जानकारी दिनु भएको छ ।

डाक्टर जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्तनपान गराउने तरिका सिकाउन खोजेको बताउनु भयो ।

पीडितले चैत १३ गते नै जिल्ला प्रहरी कार्यालयमा बलात्कार प्रयासको उजुरी दिनु भएको छ । एसपी धमलाले आरोपितलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनु भयो ।

अन्य

भिडियो