INSEC Online

📅 २०८३ श्रावण १

पत्नी हत्या घटनाका आरोपित गिरफ्तार

धरान उपमहानगरपालिका–८ दुर्गापथकी ३१ वर्षीया सम्झना माझीको कुखुरी प्रहार गरी हत्या गरेको आरोपमा प्रहरीले ३७ वर्षीय पति तिलकबहादुर माझीलाई चैत १२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई घरायसी विवादका क्रममा चैत १२ गते खुकुरी प्रहार गरी हत्या गरेको आरोपमा स्थानीयले आरोपितविरूद्ध इलाका प्रहरी कार्यालय धरानमा खबर गरेको डिएसपी ज्ञानेन्द्र बस्नेतले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

स्थानीयको खबरपछि घटना लगत्तै फरार भएका आरोपितलाई धरान उपमहानगरपालिका–८ दुर्गापथबाट गिरफ्तार गरेको डिएसपी बस्नेतले बताउनु भयो ।

आरोपितविरूद्ध माइती पक्षले चैत १३ गते किटानी उजुरी दिएको प्रहरीले जनाएको छ ।

शवको पोष्टमार्टम वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा चैत १२ गते गरी शव माइती पक्षलाई जिम्मा दिएको प्रहरीले जनाएको छ ।

अन्य

भिडियो