३२ वर्षीया पत्नीले बैवाहिक बलात्कार गरेको आरोपमा गढी गाउँपालिका–४ का ३४ वर्षीय पतिविरूद्ध चैत १२ गते प्रहरीमा उजुरी दिनु भएको छ ।
पीडितले पुस २१ गते आरोपितले बैवाहिक बलात्कार गरेको आरोपमा पतिविरूद्ध उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नरेन्द्रकुमार कार्कीले बताउनु भयो ।
पीडित पक्षको उजुरी लगत्तै आरोपित फरार भएको र फरार आरोपितको खोजी भईरहेको डिएसपी कार्कीले इन्सेक प्रतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।
पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा चैत १२ गते गरिएको छ ।