नरैनापुर गाउँपालिका– २ की २३ वर्षीया रिहाना सेख ढफालीलाई दाइजो नल्याएको आरोपमा हत्या प्रयास गरेका आरोपित ७५ वर्षीय हनिफ शेषलाई प्रहरीले चैत ९ गते गिरफ्तार गरेको छ ।
मोटरसाईकल दाइजो नल्याएको आरोपमा ०७० चैत ३ गते पति २६ वर्षीय फरिद ढफाली, सासू र ससुराले शरीरमा मट्टितेल छर्किएर आगो लगाएका थिए ।
घटनाका बारेमा पीडितका बुवाले ०७१ वैशाख २१ गते इन्सेक नेपालगञ्जमा निवेदन दिएपछि घटना बाहिर आएको थियो ।
भेरी अस्पतालमा उपचार हुन नसकेपछि इन्सेकलगायत सङ्घ संस्था र स्थानीय प्रशासन, तत्कालिन महिला तथा बालबालिका कार्यालयलगायतको सहयोगमा थप उचारका लागि काठमाण्डौ पठाइएको थियो । उपचारपछि रिहाना हिरमिनियास्थित माइती घरमा बस्दै आउनु भएको छ ।
आरोपितलाई गिरफ्तार गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर इश्वर गिरिले बताउनु भयो ।
घटनाका आरोपित रिहानाका पति र सासू हालसम्म पनि फरार रहेका छन् । उनीहरूको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।