INSEC Online

📅 २०८३ जेष्ठ २१

हिंसा पीडितलाई इन्सेकद्वारा सहयोग प्रदान

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले घरेलु हिंसा पीडित  दुईजना महिलालाई ०७७ चैत ११ गते आर्थिक सहयोग प्रदान गरेको छ ।

मानव अधिकार सहायता कक्षमा परेको निवेदनपछि सहायता कक्षको चैत ८ गतेको निर्णय अनुसार भेरीगङ्गा नपा–१० की २९ वर्षीया नैनकला नकाल र वीरेन्द्रनगर नपा–९ की ४९ वर्षीया जोगमाया बुढालाई जनही ५ हजार रूपियाँका दरले सहयोग प्रदान गरिएको हो ।

नगद सहयोग प्रदान गर्दै इन्सेक कर्णाली प्रदेश कार्यालय सुर्खेतका संयोजक नारायण सुवेदीले घरेलु हिंसाका पीडितहरूलाई न्यायिक प्रक्रियामा जानका लागि लाग्ने खर्चमा सहयोग पुर्‍याउने उद्देश्यले नगद सहयोग प्रदान गरिएको बताउनु भयो ।

साथै सहायता कक्षले जोगमायालाई निःशुल्क कानुनी सेवा प्रदान गर्न उच्च बार एसोसिएशन र नैनकलालाई निःशुल्क सेवा दिनको लागि जिल्ला बार एसोसिएशन सुर्खेतका कोषाध्यक्ष अधिवक्ता गीता कोइरालालाई अनुरोध गरेको छ ।

20210324 skt 2

20210324 skt 1

अन्य

भिडियो