INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार घटनाका आरोपित विरूद्ध उजुरी

१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले १५ वर्षीय बालक विरूद्ध चैत ८ गते इलाका प्रहरी कार्यालय, कोहलपुरमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितले फागुन १ गते बलात्कार गरेको  भन्दै उजुरी आएको इलाका प्रहरी कार्यालय, कोहलपुरका असई शेरबहादुर बारघाटेले बताउनु भयो । उहाँले आरोपित फरार रहेकोले खोजी कार्य भइरहेको बताउनु भयो ।

आफु घरमा नभएको अवस्थामा घटना भएको पीडितका बुवाले इन्सेक प्रतिनिधिसँको कुराकानीमा बताउनु भयो ।

पीडित र आरोपित दुबै जनाको स्वास्थ्य परीक्षण चैत ८ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।

यसैगरी, २५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पीडितपक्षले ५५ वर्षीय ससुरा र २२ वर्षीय देवर विरूद्ध चैत ८ गते इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएका छन् ।

पीडितलाई आरोपितहरूले चैत ३ गतेदेखि  बलात्कार गरेको उजुरी आएको घटनाबारेमा जानकारी पाए लगत्तै आरोपित देवरलाई चैत गते गिरफ्तार गरिएको अर्का आरोपित फरार रहेकाले खोजी कार्य भइरहेको  इलाका प्रहरी कार्यालय, धनौलीका इन्स्पेक्टर बसन्त आचार्यले बताउनु भयो ।

पीडित महिलाका पति घरमा नभएको अवस्थामा  आरोपितद्वयले बलात्कार गरेको घटना माइती घरमा सुनाएपछि  घटना बाहिर आएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको छ ।

 

अन्य

भिडियो