INSEC Online

📅 २०८३ जेष्ठ २२

रोजगारीका अन्य अवसर नहुँदा बालुवा गिट्टीको कामबाट दैनिकी सञ्चालन

दार्मा गाउँपालिकाको भल्चौरका लालबहादुर थापाले बालुवा चालेर आफ्नो पढाइ खर्च जुटाउने गरेको बताउनु भयो ।

स्थानीय विद्यालयमा एसईई सकाएर उच्च शिक्षा हासिल गर्न जिल्लाको शारदा नगरपालिका–१ श्रीनगरमा पुगेपछि बालुवा चाल्दै कक्षा १२ सम्मको अध्यन पुरा गरेको उहाँको भनाई छ । आफूसंँगै भाइ र बहिनीको पढाइ खर्च जुटाउनको लागि शनिवार तथा विदाको दिनमा बालुवा चाल्ने गरेको थापाले बताउनुभयो ।

20210322 Salyan 2

शारदा नगरपालिका –१ श्रीनगर निवासी लिला थापा घरायसी तथा व्यक्तिगत खर्च व्यवस्थापनका लागि शारदा नदीको किनारमा बालुवा चाल्ने गरेको बताउनुहुन्छ । रोजगारीका अन्य अवसर नभएपछि जीवन निर्वाह गर्नकै लागि बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँले बताउनुभयो ।

‘खोलामा भएका ढुङ्गा, गिट्टी हटाएर बालुवा निकाल्छौँ, पाँच दिनमा एक ट्याक्टर हुन्छ, त्यसलाई २ हजार रुपियाँमा विक्री गर्छौं । ५ सय रुपियाँ कर तिर्नुपर्छ, बाँकी १ हजार ५ सय रुपियाँ सय हातमा पर्छ ।’-थापाले भन्नुभयो- ‘त्यसैले दैनिक जिवन तथा छोराछोरीको पढाइ खर्च जुटाउने गरेकी छु ।’

यस्तै कपुरकोट गाउँपालिका–५ रिम निवासी बबिता बोहराले २ वर्षदेखि शारदा नदीको छेउमा बालुवा चाल्दै आउनुभएको छ । सानो बाबुसँग श्रीनगर बजारमा मजदुरी गर्न समस्या भएपछि आफूले बालुवा चाल्न लागेको बताउनु भयो ।

‘रोजगारीको कुनै उपाय नभएपछि बाध्य भएर बिहान ७ बजे खोलामा आउँछु, दिनभर बालुवा जम्मा गरेर बेलुका ५ बजे मात्रै कोठामा जान्छु ।’-बोहराले भन्नुभयो ।

आर्थिक रूपमा बिपन्न हुदाँ रोजगारी पनि नपाइने र दैनिक निर्वाहको लागि अन्य बिकल्प नभएपछि साँझ बिहानकै छाक टार्न गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरूको भनाइ छ ।

20210322 Salyan 3

केन्द्र, प्रदेश र स्थानीय तहले सञ्चालन गरेका रोजगारमुलक कार्यक्रमहरू लक्षित वर्गसम्म नपुग्दा समस्या भएको शारदा नगरापलिका–१ शान्तीनगरकी विमला बादीको आरोप छ ।

सरकारी तवरबाट स्थानीय स्तरम रोजगारी सिर्जना गर्नको लागि वार्षिक रूपमा करोडौँ रुपियाँ खर्च भएपनि टाठाबाठाको हातमा पर्दा विपन्न परिवारलाई जीवन निर्वाहको लागि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उहाँको  भनाइ छ ।

आर्थिक रूपमा विपन्न हुँदा रोजगारी पनि नपाइने र जीवन निर्वाहको लागि अरू कुनै पनि विकल्प नभएपछि साँझ बिहानको छाक टार्न पनि गिट्टी कुट्ने र बालुवा चाल्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।

यसरी शारदा नदी र आसपासका खोलाहरूमा गिट्टी कुट्ने र बालुवा चालेर दैनिकी चलाउने परिवारको सङ्ख्या कति छ भन्ने विषयमा एकिन तथ्याङ्क सार्वजनिक जानकारीमा छैन ।

विपन्न परिवारलाई रोजगारीमा जोड्न प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम कार्यान्वन गरिएको शारदा नगरपालिकाका प्रमुख सुरेश अधिकारीले बताउनुभयो ।

चालु आर्थिक वर्षमा नगरपालिका भित्रका झण्डै ५ सय जनालाई रोजगारी दिने गरी कार्यक्रम सञ्चालन गर्न लागिएको उहाँले बताउनुभयो ।

यस वर्ष जिल्लाभरी करिब २ हजार जनालाई रोजगारीमा जोड्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमले जनाएको छ ।

20210322 Salyan 1

अन्य

भिडियो