INSEC Online

📅 २०८३ जेष्ठ २२

बलात्कार प्रयास घटनाका आरोपित गिरफ्तार

११ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले धनगढी उपमहानगरपालिका—१२ जुगेडाका ३१ वर्षीय खेम विश्वकर्मालाई चैत ८ गते गिरफ्तार गरेको छ ।

बालिकालाई चैत ५ गते घरभित्र बोलाइ बलात्कारको प्रयास गरेको भन्दै पीडितकी आमाले  चैत ७ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएकी थिइन् ।

पीडितले दिएको उजरीका आधारमा प्रहरीले आरोपितलाई चैत  ८ गते जुगेडाबाट गिरफ्तार गरी  अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका डिएसपी प्रतिक विष्टले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण चैत ७ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको प्रहरीले जनायो ।

अन्य

भिडियो