नौ कक्षामा अध्ययनरत १५ वर्षीया एक बालिकालाई अपहरण गरी बन्धक बनाएको आरोपमा प्रसबनी गाविस-७ का ५१ वर्षीय भोला भनिने बिन्देश्वर यादवलाई प्रहरीले ०७३ माघ १९ गते गिरफ्तार गरेको छ ।
पीडित बालिकाकी आमाले दिएको उजुरीका आधारमा अपहरण तथा शरीर बन्धक मुद्दा दर्ता गर्दै आरोपितलाई गिरफ्तार गरिएको इन्स्पेक्टर नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
आरोपितसहित उनका छोरा २८ वर्षीय अनिलकुमार यादव र सोही ठाउँका २१ वर्षीय जितेन्द्र यादवले पुस ४ गते पीडित बालिकालाई घरैबाट अपहरण गरी भारततर्फ लगेको भन्दै पीडितकी आमाले पुस १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी थिइन् ।