२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले थुलुङ दुधकोशी गाउँपालिका–५का ३८ वर्षीय विनोद कुमार बस्नेतलाई चैत ५ गते गिरफ्तार गरेको छ ।
पीडित महिलालाई आरोपितले ०७७ फागुन २६ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध चैत ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई सोही दिन अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका इन्स्पेक्टर महेन्द्र दर्नालले इन्सेक प्रतिनिधिसँगका फोनमा बताउनु भयो ।
पीडित महिलाको स्वास्थ्य परीक्षण जिल्ला अस्पताल फाप्लुमा चैत ५ गते गरिएको छ ।