INSEC Online

📅 २०८३ जेष्ठ २१

प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू

संसदीय सुनुवाइ विशेष समितिले निर्वाचन आयोगमा रिक्त रहेका आयुक्त पदका लागि प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया सुरू गरेको  छ ।

समितिको माघ १९ गते बसेको बैठकले प्रस्तावित आयुक्तहरूको सुनुवाइ प्रक्रिया अघि बढाएको हो । समितिले प्रस्तावित आयुक्तहरूको विरुद्धमा गुनासो वा उजुरी भए समितिमा पठाउन पनि आग्रह गरेको छ ।

संवैधानिक परिषद्को माघ १४ गते बसेको बैठकले पूर्व प्रशासकहरू नरेन्द्र दाहाल, इश्वरीप्रसाद पौडेल र सुधीरकुमार शाहलाई निर्वाचन आयोगको रिक्त रहेको आयुक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको थियो । संसदीय सुनुवाइ विशेष समितिबाट अनुमोदित भएपछि मात्रै आयुक्तहरू नियुक्त हुने संवैधानिक प्रावधान रहेको छ ।

अन्य

भिडियो