INSEC Online

📅 २०८३ जेष्ठ २२

यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

१५ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले नेपालगञ्ज उमनपा–४ घोसीटोलका  २० वर्षीय जुनेद हलवाईलाई चैत ३ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले माघ १६ गते विद्यालयबाट फर्किदा होटलमा लगेर यौन दुर्व्यवहार गर्नुको साथै  कुटपिट गरेको भन्दै पीडितपक्षले माघ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

घटना पश्चात फरार रहेका आरोपित खोजी गरी कारबाही अगाडि बढाउन इन्सेक लगायत सङ्घ संस्थाले  चैत १ गते जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण पत्र बुझाएका थिए ।

पीडितको स्वास्थ्य परीक्षण माघ १७ गते भेरी अस्पताल, नेपालगञ्जमा गरिएको थियो ।

अन्य

भिडियो